काठमाडौं । पछिल्लो सरकारी तथ्याङ्कअनुसार नेपालमा एकैदिन ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण भएको देखिएको छ भने १८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार १५ हजार ६ सय ६१ जनामा परिक्षण गर्दा त्यती जनामा संक्रमण पुष्टि भएको हो । आरटी–पीसीआरबाट ४ हजार ३६४ र एन्टिजेनबाट १६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलय जनाएको छ ।
यससँगै कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । जसमध्ये २ लाख ७८ हजार ५०६ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप १८ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ ।