बुटवल - रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि थप भएको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । जस अनुसार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप निषेधाज्ञालाई जेठ १३ गते विहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिएका हुन्।
कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि बैशाख १६ गतेदेखी रुपन्देहीमा निषेधाज्ञा लगाइएको छ। लकडाउनको समयमा अत्यावश्यक काम बाहेक हिडडुलमा रोक लगाइएको छ।