बुटवल । लमजुङमा आज बुधबार बिहान दुई वटा भूकम्प गएका छन् । बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ र ८ बजेर ३६ मिनेट जाँदा ५.३ रेक्टर स्केलका भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु मर्स्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।
केन्द्रले २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको पराकम्पन स्वरुप आज लमजुङमा भूकम्प गएको बताएको छ ।
सुरुमा आएको भूकम्पले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको पनि उनले बताए । यद्यपि, दोस्रो भूकम्पले के÷कति क्षती पु¥याएको छ भन्नेबारे जानकारी आइनसकेको उनले बताए ।