बुटवल । काठमाडौंबाट रूकुम पश्चिमका लागि छुटेको यात्रुबाहक बस नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायब निरीक्षक डम्बर गिरीले बताए ।
उनका अनुसार आज बुधबार बिहान ६ बजेतिर दाउन्ने मन्दिर र दुम्कीबासको बिचमा ना ५ ख २७१३ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको थियो ।
बसमा सवार ५२ जनामध्ये ४८ जना घाइते भएको प्रहरीले बताए । घटनास्थलमा अहिले उद्धारको काम भइरहेको ।