प्यूठान -प्यूठानमा घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको नौ बहिनी गाउँपालिका–१ स्याउँ लिवाङ चौतारामा गयराति वोमबहादुर मल्लको घर भत्किएको थियो ।
मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर , उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। उनका तीन जना छोरीहरु अर्को कोठामा सुतिरहेको र एक छोरी मामाघर गएकाले बच्न सफल भएका छन्।
मामाघरबाट विहान घर आउँदा घट्ना भएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर एक्कासी भत्किएको थियो। दिउसो पानी परेकाले कम्जोर भएको गाह्रो भत्किँएर तीन जना माथि परेको प्रहरी निरिक्षक गैरेले बताए ।