अर्घाखाँची : अर्घाखाँचीको च्यानडाँडामा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा नँ ९ डेभाबाट बसन्तपानि जादै गरेको लु १ च ६१६८ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालका अनुसार अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।
जिप सडकखण्डबाट करिब ४० मिटर तल खसेको र जिपमा चालक मात्रै रहेको खनालले बताए ।