दाङ- दाङको तुलसीपुरमा गोली प्रहार भएको छ । गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका - ८ टिकरीमामा कुलो नाप नक्सा गर्ने क्रममा अमिनसँग विवाद हुँदा स्थानिय पूर्णबहादुर ओलीले गोली चलाएका हुन्। गोली भने कसैलाई नलागेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
गोलीप्रहार गरेर मोटरसाइकल चढेर भागेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। प्रहरीले ओलीसँगै मोटरसाइकिल चालक २१ बर्षिय आकास चौधरीलाई पनि पक्राउ गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।