पाल्पा - पाल्पाको लघुवामा दुई वटा ट्रिपर एकै ठाउँबाट खस्दा ५ जना घाइते भएका छन् । गुल्मी जान लागेका बा ४ ख ७३ २० र प्रदेश ३–०२ ००१क ०२५० नम्बरको ट्रिप्पर रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घट्ना भएको हो ।
दुबै टिप्परले सवोत्तम सिमन्ट बोकेर गुल्मी जाँदै थिए । दुर्घट्नामा ५ जना घाइते भएको र उनीहलाई मिसन अस्पताल तान्सेन लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।