कपिलवस्तु- जिल्ला अदालत कपिलवस्तुले १४ वर्षिया नाबिलाकालाई बलत्कार गरेको जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय सुनाएको छ।
बुद्धभूमि नगरपालिका–९ ईमिलियाका १८ वर्षिय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला गरेको छ। सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ल्ला न्यायाधिश लोकजंग शाहको ईजलासले फैसला गरेको हो।
अदालका श्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार जना नाबलकलाई भने ८ वर्ष बाल सुधारगृहमा राख्ने फैसला भएको छ। बालबालिका सम्बन्धी ऐनको दफा ३६ (४) अनुसार आरोपी नाबालक भए कैदको दुइतिहाई मात्र सजाय भोग्नु पर्ने प्रावधान छ।
२०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले जबरजस्ती करणी गरेका थिए। ललाईफकाई बलात्कार गरिए पनि ती बालिकाले डर त्रासले त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिईनन।
घटनापछि बालिकाले ३ महिना ४ दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचको क्रममा भेटिएको थियो। पीडीतकी आमाले २०७६ बैशाख ११ गते आफ्नी नाबालिका छोरािलई ६ जनाले बलात्कार गरेका किटानी जाहेरी दिएकी थिईन। सोही आधारमा घटनाका मुख्य आरोपी योगेश श्रेष्ठ पक्राउ परेका थिए।
ती बालिकालाई बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित रोयल खुस्बु होटलमा बलत्कार भएको थियो। होटलका मालिक बुद्धभूमि नगरपालिका– ९ ईमिलियाका युवराज भुसाल जैसीले पनि बालिकालार्ई बलात्कार गरेको प्रहरीले बताएको छ।
किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ। उनको मुद्दा मुल्तबीमा राखिएको श्रेस्तेदार शर्माले बताए। ती बालिका सकुशल रहेको प्रहरीले जनाएको छ। १८ वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुबै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ।