पाल्पा । निरन्तरको बर्षपछि खसेका पहिराले अबरुद्ध पारेको सिद्धार्थ राजमार्गको पाल्पा सडक खण्ड बिहीबार दिउँसोबाट एकातर्फी रुपमा सूचारु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो ।
उक्त सडकको विकल्पमा डाइभर्सन गरी सडक सुचारु गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।
पहाडी भेगबाट तराई झर्ने छोटो दूरीको सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए । पहिरोमा वारपार गर्नसमेत समस्या भएको थियो ।
सडक एकतर्फी खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।