बुटवल - रुपन्देहीमा पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातीबाट सकिँदै छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो ।
भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरिएको छ । त्यसको लागि आज दिउसो १ बजे जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठक बस्दै छ ।
डीसीसीएमसीको बैठकले निषेधाज्ञाको स्वरुपबारे निर्णय लिने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘निषेधाज्ञा चाँही कायम नै हुन्छ तर अहिले भएको भन्दा केही खुकुलो पक्कै हुन्छ ।’ उनले भने ‘कस्तो हुने भन्ने बारेमा चाँही आज बस्ने बैठकपछि थाह हुन्छ ।’