नवलपरासी पूर्व । नावालिका बलात्कार दुई अभियुक्तलाई जिल्ला अदालत नवलपरासी पूर्वले सजाय सुनाएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका ९ बस्ने २७ बर्षीय रोहित थापालाई जन्मकैद सुनाइएको हो ।
अनुसन्धानबाट अभियुक्तले छिमेकी नाबलालिकालाई बलात्कार गरेको खुलेपछि जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शुक्रबार जन्मकैदको सजाय सुनाएको हो । यस्तै अदालतले अभियुक्तबाट ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइएको छ ।
अभियुक्त थापाले छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेको बयान दिएका छन् । घरनजिक खेल्दै आएको मौका पारेर ती नाबालिकालाई चकलेट दिएर खेतमा लगेर बलात्कार गरेको उनले बयान दिएका छन् । पीडित नाबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै ६ बर्षीय बालिका बलात्कार गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई १२ बर्ष ६ महिनाको कैद सुनाइएको छ ।
ती किशोरले घरनजिकै खेल्न आएको बेलामा नाबालिकालाई बलात्कार गरेका थिए । गत बर्ष जेठ ३१ गते भएको उक्कोत घटनामा दोषी ठहराउँदै १२ वर्ष ६ महिना कैद सजाय सुनाइएको हो । नाबालक भएका कारण उनलाई बालसुधारगृहमा राखेर कैद सजाय भुक्तानी गर्ने अदालतको आदेशमा उल्लेख छ ।