बुटवल- उपचारको क्रममा बुुटवलको कोरोना अस्पतालमा मृत्युु भएका रुपन्देहीको सैनामैनाका बाबुुराम थापाको शव बुुझ्न परिवार राजी भएको छ ।
बुुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि ज्यान गुमाएको ११ दिनपछि बाबुुरामको शव बुझ्ने सहमति जुटेको हो ।
छलफलमा सहभागी मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले श्रीमतीलाई रोजगारी छोराहरुको निःशुुल्क शिक्षा र तत्कालको लागि आर्थिक व्यवस्थापन जुुटाइदिने सहमति पछि परिवार शव बुुझन राजी भएको जानकारी दिए ।
थापाकी श्रीमती रीताले पनि छलफलपछि शव बुझ्ने सहमति भएको जानकारी गराइन् । खनालले भने, ‘मृतकको श्रीमतीलाई सैनामैना नगरपालिकाले रोजगार दिने, दुुई छोरोलाई १२ कक्षासम्म निःशुुल्क शिक्षाको व्यवस्था गर्ने, तत्कालको आर्थिक व्यवस्थापनको लागि ८ लाख ४१ जना हजार नगद रकम उपलब्ध गराउने सहमति भयो ।’
लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको शव परिवारले बुुधबार नै बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।
पीडितपक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फी दवावको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो । पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो ।