गुल्मी : दसैं नजिकिएसगै जिल्लामाको सदरमुकाम तम्घास बजारमा घर फर्कनेहरुको भिडभाड लाग्न सुरु भएको छ ।
नेपालीहरुको महानपर्व दशै नजिकिंदै गर्दा रोजगारीका लागि छिमेकी मुलुक भारत लगायत अन्य मुलुक र देशका विभिन्न शहरहरुवाट समेत मानिसहरु आफ्नो घर फर्किरहेकाले सदरमुकाम तम्घासमा भिडभाड शुरु भएको हो ।
दशै मनाउनका लागि केहीदिन यता जिल्लाको ग्रामिण क्षेत्रहरुसगै छिमेकी जिल्ला अर्घाखाँची, प्युठान र वाग्लुङ्ग जिल्लाका केही क्षेत्रहरुमा जाने मानिसहरु तम्घास भएर जाने भएकाले सदरमुकाम तम्घासमा चहलपहल समेत बढेको छ ।
मानिसहरुको भिडभाडले गर्दा सवारीका साधनहरु पनि खचाखच भरिएका छन । बजारमा किनमेल गर्ने मानिसहरुको पनि चहलपहल बढेको ब्यापारीहरु बताउछन ।
साधुरो बजारमा दशै मनाउनका लागि गाउँ जाने मानिसहरुको मानिसहरुको भिडभाडले तम्घास बजारमा सवारीका साधनहरु सञ्चालन गर्न पनि अप्ठारो हुने गरेको छ । गुल्मीको सदरमुकाम तम्घास भएर जिल्लाको पश्चिमी क्षेत्रका ५ स्थानीय तहसगै छिमेकी जिल्ला अर्घाखाचीका मालारानी र छत्रदेव गाउँपालिका, प्युठान र वाग्लुङ्ग जिल्लाका केही स्थानीय तहका मानिसहरु घर फर्किरहेका छन् ।
जिल्लाको ग्रामिण क्षेत्रवाट सदरमुकाम तम्घास आएर वसेकाहरु केही मानिसहरुले घटनास्थापनादेखि नै दशैं मनाउन सदरमुकाम तम्घास छाडनेहरु रहेको भएपनि बुधवारदेखि वाहिरवाट आउने मानिसहरुको सख्यामा उल्लेख्य बृद्धि भएको ट्राफिक प्रहरी कायाृलय गुल्मीले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यका अनुसार गुल्मीको सदरमुकाम तम्घास भएर जाने मानिसहरु अहिले दैनिक १ हजारभन्दा बढी रहेको बताए । २/३ दिनमा सदरमुकाम तम्घासमा भित्रिनेसगै यहाँको वाटो भएर ग्रामिण क्षेत्रमा जाने मानिसहरुको सख्या ह्रवात्तै बढेर गयो आचार्यले भने“मानिसहरुको चापले तम्घास बजारमा भिडभाड बढनुका साथै यहाँका सवै सवारीका साधनहरुमा पनि यात्रुहरुको भिडभाड भएको छ ।”
सानो वजार क्षेत्रमा मानिसहरुको एकैपटक भिडभाड बढीरहेकाले ट्राफिक ब्यवस्थापनमा आफुहरु समेत ब्यस्त भएको उनले बताए । दशैं नजिक आएसंगै दशैंका लागि रोजगारीका लागि विभिन्न देश तथा काठमाडौ, वुटवलवाट गुल्मी आउने मानिसहरुको संख्या अत्यधिक बढेको गुल्मी यातायात प्रालिका सचिव महेशराज भण्डारीले बताए ।
काठमाडौ वुटवलबाट गुल्मी आउनेसगै जिल्लाका ग्रामिण क्षेत्रमा जाने गाडीमा भिड लागेको छ भण्डारी भन्छन“ रोजगारीका लागि विभन्न ठाउँकासगै मूलघर पहाड भई तराई बसाई सरेकाहरु पनि दशैंको समयमा पूजापाठका लागि पहाड आउने यात्रुको संख्या बढेसंगै सवारीसाधनको चाप पनि बढेको छ ।”
अहिले गाउँगाउँमा दशै मनाउन आउनेहरुको संख्या निकै बढेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । अन्य समयमा सुनसान हुने गाउँहरु हिजोआज रमाइला भएका छन उनले भने“ गाउँमा दशैंको रौनक छाएको छ,रोजगारीको सिलसिलामा भारतसगै अन्य विदेशी मुलुक र देशकै विभिन्न स्थानमा गएकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको हो ।” पढाईका लागि जिल्ला बाहिर रहेकाहरु पनि घर फर्किन थालेका छन् ।