बुटवल- पटकपटक बिवाद र आलोचना सहदै आएको समितिले अन्ततः प्रदेशकाे नाम "लुम्बिनी" राख्न प्रदेश सभालाई सिफारिस गरेकाे छ । समितिले गरेकाे सिफारिस लाई प्रदेश सभाकाे बैठककाे दुई तिहाईले पारित गर्नुपर्ने प्रावधान छ ।
विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटाे अपनाउदै रूपन्देही, कपिलवस्तु र दाङका स्थानलाई सिफारिश गरिएको छ । । हामीले बिवाद नआओस् भन्ने हिसावले मध्यमार्गी बाटाे अपनाएका छाैंं उनले भने ।
समितिले रुपन्देहीको बुटवल-सैनामैना, कपिलवस्तुकाे बाणगंगा-बुद्धभूूूमि तथा दाङकाे भालुवाङ- लमहीलाई प्रस्ताव गरेेेेको एक सदस्यले बताए । प्रतिवेदन बुझाउने तयारी प्रदेश नं. ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि बनाईको विशेष समिति प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । पछिल्लो पटक भारत भ्रमण सकेपछि समितिका सदस्यहरु प्रतिवेदन बनाउन जुटेका हुन । समितिको आइतवार बैठक बसेको थियो । आइतबार बैठक पछि नै प्रतिवेदन बनाउन जुटेको समितिले सोमवार सभामुख समक्ष प्रतिवेदन बुझाउने गरी तयारीमा जुटेको छ ।
समितिका सदस्य दिनेश पन्थीका अनुसार आइतवारको समितिको बैठकमा भारत भ्रमणका समिक्ष गर्दै उपलब्धीका बारेमा छलफल भएकोे थियो । विशेष समितिले यही मंसिर २१ गते देखि २७ गतेसम्म भारतको चण्डीगढ भ्रमण गरेको थियो ।
समितिका सभापति दीपेन्द्रकुमार पुन मगरले प्रतिवेदनलाई अन्तिम रुप दिन थालिएको भन्दै भोलि प्रतिवेदन वुझाइने बताए । तर समितिका अर्का एक सदस्यले प्रतिवेदन बनाउने काम वाकी रहेकाले भोलि नै बुझाउने संभावना कम रहेको बताए ।
समितिले यस अघि जिल्ला जिल्लामा गएर सुझाव संकलन पनि गरेको थियो । त्यस्तै समितिले गत असारमा विज्ञहरु तोकेको थियो ।
विज्ञका रुपमा शिवराम प्रधान, डा.कृष्ण प्रसाद पौडेल र डा. उद्धवराज खड्का रहेका थिए । उनीहरुले प्रदेशका सबै संभावित ठाउहरुको अध्ययन गरेपछि सुझाव तयार पारेका थिए । सभापतिले विज्ञको सुझाव पनि समेटिने बताएका छन ।
विशेष समितिले प्रतिवेदन बुझाउने म्याद पछिल्लो पटक ६ महिना र त्यस अघि दुइ पटक सम्म तीन–तीन महिनाका दरले म्याद थप गरिएको थियो । विशेष समितिको पछिल्लो पटक जेठ ३० गते ६ महिना म्याद थप गरिएको थियो ।
यस अघि विशेष समितिले जिल्ला जिल्लाबाट सुझावहरु समेत सकलन गरेको थियो । राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तुलगायतका स्थानका लागि सुझाव दिइएको थियो ।
त्यस्तै नाम लुम्बिनी राख्न धेरैले सुझाव दिएका थिए । प्रदेश सभाको ०७५ साउन २४ गतेको बैठकमा सभामुख पूर्णवहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरु मनोनित गरेका थिए ।