दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना बनाउन तयारी थालेको छ। राजधानीलाई नयाँ अत्याधुनिक, स्मार्ट र सुन्दर हरित शहरको रुपमा विकास गर्ने योजना अघी सारिएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणले गुरुयोजना बनाउने प्रकृयालाई अगाडी बढाएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानीमा नयाँ शहर बनाउनको लागी चिन सरकार र चिनिया कम्यूनिष्ट पार्टी संग सहकार्यको लागी छलफल गरिएको छ।
लुम्बिनी प्रदेश सरकार र चिन सरकारको विचमा राजधानी व्यवस्थापनको बिषयमा औपचारीक छलफल भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रीले छलफलको नेतृत्व गरेका छन्। ‘राप्ती उपत्यका देउखुरीमा सुन्दर शहर बसाउने हाम्रो योजना छ’छलफलमा मन्त्री केसीले भने,–‘व्यवस्थीत शहर बनाउन चिनिया अनुभव र प्रविधिको सहयोगको अपेक्षा गर्दछौं ।’
चिन र नेपालको विचमा बर्षौं पहिले देखीको आपसी सम्वन्ध रहेको स्मरण गर्दै दुई देश विचको सहकार्यले नयाँ शहर बनाउने योजना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। लुम्बिनी प्रदेश सकारको तर्फबाट प्रदेशको गुरुयोजना निर्माणमा चिनिया अनुभव र प्रविधिमा सहयोग गर्न गरिएको आग्रहलाई चिनले स्विकार गरेको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले चिन भ्रमणको क्रममा सिचुवान प्रान्त बिच २०७६ असारमा भगिनी समझदारी गरेका थिए।
चिनिया कम्यूनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभाग जर्नल डाईरेक्टर सन हाइनले लुम्बिनी प्रदेश सरकारलाई शहर बसाउनको लागी योजना निर्माणमा सघाउने प्रतिबद्धता जनाइन्। लुम्बिनी प्रदेशको तर्फबाट पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुब मजगैयाँले नयाँ शहरलाई प्रशासनिक केन्द्र अन्तरगत विभिन्न मन्त्रालय, प्रदेश सभा, प्रादेशिक कार्यालयहरु, सुरक्षा निकायहरु रहने बिषयलाई प्राथमिकतामा राखेर गुरुयोजनाको तयारी गरिएको जानकारी दिए।
‘शहरमा अन्य क्षेत्रहरु जस्तै बिजनेश, बहुतल्ले भवन, आवासीय, पार्क, चौडा सडकहरु, राप्ती नदीमा नमूना पुल र नदीको दुवै तर्फ हरित बेल्ट रहनेछ’प्रमुख कार्यकारी अधिकृत मजगैयाँले भने–‘प्रादेशिक राजधानी शहरको गुरुयोजना तयार गर्नको लागी लुम्बिनी प्रदेश सरकारले अन्र्तराष्ट्रिय शहरी योजनाकार लगायतका विज्ञहरुको सहयोगको अपेक्षा पनि गरेको छ।’
छलफलमा चिनिया कम्यूनिष्ट पार्टी सेन्ट्रल स्कुलका विज्ञ र चेन्धु प्लानिङ्ग कमिसिनका स्पेशल कमिटिका विज्ञ ले नयाँ शहर बसाउने बिषयमा मापदण्डहरुको बारेमा छलफल गरे। प्रादेशीक राजधानीको पूर्वाधार सहित नयाँ शहर बसाउदा वातावरणलाई ध्यानमा राख्न सुझाव दिइएको छ। हरियो शहरको रुपमा विकास गर्न सकिने र त्यसका लागी पहाड र पानीलाई बचाई राखेर पर्यटनसंग जोड्न सुझाव दिइएको हो।
चिन सरकार संग भएको भर्चुअल बैठकमा सहभागी हुनुभएका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रादेशीक राजधानीलाई रमणीय र मनोरम बनाउनेगरी गुरुयोजना बनाउनुपर्ने बताए। ‘सुरुमा पूर्वाधार विकास प्राधिकरणले आफ्नो बिशेषता अनुसार योजना निर्माण गरेर अरु माझ साझा गर्नपर्छ’उनले भने,–‘राजधानी क्षेत्रको भूगोल, मौलीकता, सांस्कृतीक पक्षलाई ध्यानमा राखेर योजनाको खाका कोरिनुपर्छ।’
असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागी गुरुयोजना बनाउने तयारी थालिएको हो।