बुटवल । बर्ष २०२० सबै नकारात्मक चिजहरुको प्रयायवाची बन्नुअगावै अस्पतालहरु डरलाग्दा बन्नुभन्दा पनि पहिले मेरी आमाले भनेकी थिइन्–‘यो अहिलेसम्मकै खराब बर्ष हो ।’
त्यतिबेला चीन र समुन्द्री जहाजहरु संक्रमणको इपिसेन्टर बनेका थिए । हामीले सिधै लकडाउनको बारेमा नसोँची सोझो रुपमा ‘ट्रयाक र ट्रयास’को कुरा गर्दै थियौं । तर, सपरिवार परिवारसँगै इस्टर मनाउन भनी ब्रिटेनको टिकट खरिद गर्दा आमालाई एट्लान्टा तरेर हामी त्यहाँ पुग्न सक्छौं जस्तो लागेको थिएन ।
उनको पूर्वकथन वस्तावमै सत्य निस्कियो । ‘आमा, उनीहरुले विश्व नै बन्द गर्न त के सक्लान् र !,’ त्यतीबेलाको मेरो प्रतिक्रिया निकै छोटो समयमा हास्यास्पद बनिसकेको थियो । सुरुमा मेरो इन्द्रीयलाई ‘बर्ष २०२०’ इतिहासमा त लेखिन्छ तर जलवायु आकश्मिकताको दुष्टताले बिउँझाएको बर्षको रुपमा लेखिन्छ जस्तो लागेको थियो । किनभने नयाँ बर्षमा समाचारका शिर्षकहरुमाथि हावी भएको अष्ट्रेलियाको डढेलो भूत र भविष्यलाई छुट्याउने खालको थियो ।
सिड्नीबाट बाहिरिएका तस्विरहरु भाउन्न लाग्दा थिए–धुँवामा रुमलिएको ओपेरा हाउस, पृथ्वीमा जिउनका लागि सबैभन्दा योग्य मानिएका शहरहरुमा मास्क पहिरिएका मानिसहरु !
चाँडै कपडाको त्यो सानो टुक्राहरु प्रत्येक महाद्वीपका हरेक सहरहरुमा देखिन थाले, सिड्नीमा भन्दा फरक किसिमको स्वासप्रस्वासको समस्याको कवच बनेर । मास्क यो बर्षको मात्रै होइन, आउँदो समयको पनि प्रतिक बन्नेवाला थियो ।
हामी थुतुनो ढाक्दै अन्तर्मनमा भय लिएर २०२० तिर अगाडि बढिरहेको थियौं । महामारी सुरुहुने बेलातिर अचम्मै तरिकाले निकै चर्चामा आएका ‘डिस्टोपीयन’ चलचित्र तथा साहित्यहरुले झस्काइरहन्थे, के यस्तो प्रलय आउन सक्छ सक्दछ ? २०२० ले उत्तर दिन्थ्यो । हो, हुनसक्छ ।
यो यस्तो बर्ष थियो नी ! समय आफैंमा बिलाएको थियो । आज कुन बार हो भनेर छुट्याउन मुस्किल थियो । हप्ताहरु आफैंमा ‘मर्ज’ भएका थिए । समयक्रम खस्कदोँ थियो । सुरुमा लाग्यो, जीवन हप्ताभरमै सामान्य बन्नेछ । त्यसपछि एकै महिना लाग्ला भनियो । तर पछि चाल पायौं, बर्षौं पनि लाग्न सक्थ्यो ।
यसैबिच हामी नयाँ वास्तविकतालाई स्विकार गर्न लागेका थियौं । घरको बैठक कोठालाई कार्यालय बनायौं । माइल दूरी पार गरेर कार्यालय पुग्नु पर्नेहरुका लागि मिटरको दूरी पार गरे पुग्थ्यो । कसैलाई त त्यती पनि गर्नु परेन । किनभने काम गर्ने ठाउँ नै हातको पञ्जामा अडिएको थियो ।
काभिडले नयाँ ‘क्याजुअल’ भित्र्यायो । लुगा कम्मरभन्दा माथि मात्रै लगाए पनि हुन्थ्यो अथवा नलगाए पनि हुन्थ्यो । सुरक्षाका कडा मापदण्ड बिच हामीमध्ये धेरैले आफैंले आफैमाथी थोपरेको भारी बिसाउन पाएका थियौं । सोमबार साँझ पिउन कसैलाई पावन्दी थिएन । ट्वाइलेट पेपर जसरी नै सुपरमार्केटका तख्ताहरुबाट चकलेटहरु गाएब भएका थिए । हामीले जहाँ भेट्छौं त्यहाँ सान्तवना खोज्यौं । बरु त्यसका लागि पर पुग्न भने पाएनौं ।
हात मिलाउन र अँगालो हाल्न नपाइने भएको थियो, त्यो पनि स्नेहको निकै आवश्यक परेको बेलामा । हुनसक्छ भाइरसले हामीमाथि लादेको एकान्त पनका कारण कुनै न कुनै रुपमा स्नेहको कमीका कारण हुनसक्ने मानसिक समस्या भोग्यौं । तर, एक अलग आत्मीयता जन्माउनु नै सामाजिक दूरीको विरोधाभास रहेछ ! किनभने हामीमध्ये धेरैले नजिकका परिवारसँग धेरै गुजा¥यौं । हाम्रो जीवनको यो समय यति निजीकरण हुन पुग्यो की यसले हामीलाई झनै ‘बाहिर निस्कने’ बनाएको छ । हुनसक्छ तपाईले पनि बर्षौ या त दशकौंदेखि सम्पर्कमा नरहेका साथिहरुसँग फेरी जोडिने मौका पाउनुभयो ।
अनलाईन पुनर्मिलन भर्चुअल आश्रयस्थल बन्यो । आधुनिक राजनीतिलाई राष्ट्रवादी विषाद(नोस्टाल्जीया)ले डो¥याए जस्तै हामीलाई व्यक्तिगत संस्मरणले डोर्यायो ।
मास्कले ढाकिएका मुखहरुबाट महामारीका बारेमा नयाँ शब्दाली आए । क्रियाहरु जस्तै ‘जुम’ गर्नु र ‘फेसवाइन’ गर्नु जस्ता शब्दहरु जन्मिए । अनि टाइम पास गर्ने नयाँ तरिका अपनाइए । बयस्क उमेरका केटाहरुले ब्रेडलाई कला दिन खोज्दै थिए । केहीले ती पाकवानलाई सामाजिक सञ्जालमा दस्तावेजीकरण गर्दै थिए ।
तर, मैले यहाँ ह'नेखानेको नजरमा महामारी कस्तो रह्यो भनेर उल्लेख गरिरहेछु । भाग्यमानीहरुको कोरोनाभाइरस जीवनपद्धतीकाे विवरण हाे याे ।
लाखौंका परिवारका लागि बर्ष २०२० तितो मात्र रहेन, यो समय उनीहरुले हातमुख जोर्न गरेको संघर्षको साक्षी पनि बन्यो । न्युयोर्कमा आप्रवासी परिवारहरुले एउटा स्याण्डवीच र स्याउको चटनीका लागि ५ घण्टासम्म लाइनमा बसेको देख्यौं । सहर छेउछाउका वस्तीहरुमा हामीले मध्यम बर्गीय परिवारहरुले एक पोका खाद्यान्नका लागि आफ्ना बिएमडब्लू, मर्सिडीज तथा एसयुभीहरुमा लाइन लागिरहेको देख्यौं । ट्रेन स्टेसनहरुमा निराश्रय व्यक्तिहरुले आफूले बोकिरहेको कवाडलाई नै विस्तारा बनाउने तरखर गर्दै गरेको देख्यौं । गरिबीले महामारी झन् बढाइरहेको थियो भने महामारीले गरिबी । यस्तो अजीवको तारतम्य पनि देख्यौं ।
भित्रभित्रै रहेका भएपनि हामीहरुले विश्वका भयानकताहरु देख्यौं । उत्तरी इटालीका अस्पतालहरु नर्क जस्ता देखिएका थिए । र, देख्यौं पोपले आफ्नो बाल्कोनीबाट रित्तो सेन्ट पिटर्स स्क्वायर हेरेको दृश्य र न्यु योर्कका जनसमाधीका ती दृश्यहरु !
७५ बर्षमा पहिलो पटक संयुक्त राष्ट्रसंघलाई पाखा लगाइएको थियो । वासिङ्टन र बेइजिङको कटुताले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई प्यारालाइसिस बनायो । तर, चीन र अमेरिकामध्ये कसैले पनि एक्लै वैश्विक नेतृत्व लिन सक्ने क्षमता देखाएनन् ।
युएनकै स्वास्थ्य संगठन महामारीको राजनीतिले निष्कृयप्रायः रह्यो । चीनविरुद्ध कठोर नीति नलिएको भन्दै आलोचित पनि भयो । अन्त्यमा संगठनको ठूलो दाताको रुपमा रहेको वासिङ्टनले सबै ‘फण्ड’हरु रोक्यो ।
महिलाले नेतृत्व गरेका देशहरुले महामारी व्यवस्थापनमा तुलनात्मकरुपमा पुरुष समकक्षीले भन्दा निकै राम्रो गरेको दह्रिलो प्रमाण देखियो । एन्जेला मर्केलको जर्मनी, जसिन्डा एडहर्नको न्युजिल्याण्ड, साई वेनको ताइवान र मेट फ्रेडेरिकसनको डेनमार्कमा महामारी अन्यदेशमा जस्तो भयावह हुन पाएन ।
त्यसको ठिक उल्टा, ‘पपुलीस्ट’ लहरमा राष्ट्रपती या प्रधानमन्त्री पाएका देशहरुले भने महामारीलाई खासै राम्रोसँग व्यवस्थापन गर्न सकेनन् । डोनाल्ड ट्रम्पको अमेरिका, जेर बोल्सोनारोको ब्राजिल र बोरिस जोनसोनको ब्रिटेन यसका उदाहरणहरु हुन् । भाइरस नाराबाजीले थोरै पनि डराएन भन्ने प्रष्ट देखियो ।
२०२० ले विश्व शक्ति सन्तुलनमा पासा पल्टिइरहेको पनि देखायो । महामारीप्रति अमेरिकाको प्रतिक्रियाले उसको राष्ट्रिय शक्ति क्षयीकरण भइरहेको प्रस्टै देखिएको थियो । डोनाल्ड ट्रम्पको अक्षमताले अमेरिकाकै पछिल्लो सय बर्षको इतिहासमा नभएको राष्ट्रिय शक्तिको क्षय भइरहेको देखायो । यता चिनमा भने त्यसको ठिक उल्टो परिदृश्य देअियो । भाइरसको उदय भएपनि महामारीको व्यवस्थापनमा बेइजिङको क्षमता निकै प्रशंशनिय रह्यो । (बीबीसीका न्यु योर्क संवाददाता निक ब्रायन्टको लेखको भावानुवाद लुम्बिनी टाइम्सले गरेकाे हाे ।)