दाङ–प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन। दाङको देउखुरीमा राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्कि पुलको उद्घाटन गर्दै उनले कोभिड–१९ को प्रतिकुलतालाई चिरेर अनुकूलतामा बदलेर अघि बढेको बताएका हुन। ‘देश अगाडि बढ्छ। देश अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन’उनले भने ‘हामी संविधानको रक्षा गर्छाैं। प्रणालीको रक्षा गर्छाैं। व्यवस्थाको रक्षा गर्छाैं।’ यस्तै प्रधानमन्त्री ओलीले कोभिड–१९ को खोप पर्सि बुधबारबाट लगाउन शुरु गरिने बताए ।
१८ गते सम्म पहिलो चरणको खोप लगाइ सकिने ओलीको भनाइ छ। ‘पहिलो लटमा १८ गते सम्म सक्ने छौं। दोस्रो लटमा फेरि अगाडि बढ्ने छ’ उनले भने–‘सबै भन्दा प्रतिकुलतामा घुसेर फ्रन्टलाइनमा रहने काम गर्नेलाई लगाइने छ।’ कोभिड रोकथामको प्रयासमा खोपले महत्वपूर्ण फाइदा पु¥याउने बताए। उपचारकर्ता, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सरसफाइकर्मि, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालक, शववहान चालक लगायतलाई पहिलो पटक खोप लगाइने छ।
प्रचण्डले शिलान्यास गरे, प्रधानमन्त्री ओलीले उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले देउखुरीको राप्ती नदिमा बनेको नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गरेका छन। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पक्कि पुल उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । नेपाली पुजी, नेपाली प्राविधिक र नेपाली निर्माण व्यवसायीले यो पुल निर्माण गरेका हुन।
राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गरेका थिए। चार बर्ष अघि सुरु भएको पुलको निर्माण कार्य झण्डै एक बर्ष अघि सम्पन्न भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। यो पुलको लम्बाइ ८६५.४० मिटर र चौडाइ साढे १० मिटर छ।
करिब ९४ करोड रुपैयाँ लागतमा पक्कि पुल तयार भएको हो। २०७३ साल असार २३ गते सम्झौता भएको पुल निर्माण कार्य २०७७ साल असार १५ गते सम्पन्न भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले जानकारी दिए।
१६ ओटा स्प्यान सहित फाईप फाउण्डेसनमा पुल निर्मित छ। पुल निर्माण कार्यमा सघाउने पुल निर्माण सहयोग समितिका अध्यक्ष नन्दकुमार चौधरी र निर्माण व्यवसायी अनक–लुम्बिनी–वाई.पी. जे.भी रविभवन काठमाण्डौंलाई निर्धारित समय भन्दा अगाडी पुल निर्माण सम्पन्न गरेको भन्दै प्रधानमन्त्री ओलीले सम्मान गरे।