काठमाडौँ- ७१ औँ प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ। २००७ साल फागुन ७ गते एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गरिएको थियो। समारोहमा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिएको थियो। यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो।





