भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनीमा एक रुपैया दानबाट युनिभर्सल पिस सेन्चुरीको स्थापना हुदैछ। विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुको साधना गर्ने स्थलको रुपमा युनिभर्सल पीस सेन्चुरी गुम्बाको निर्माण भइरहेको हो।
विश्वभर शान्तिको सन्देश थप फैलाउने उदेश्यले ‘एक व्यक्ति एक रुपैयाँ’को अभियानका साथ निर्माण भइरहेको गुम्बा शुद्ध दानबाट निर्माण हुदैछ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का महासचिव इसाला रुवान विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान गरेर र विभिन्न देशको प्रतिनिधत्व सहित अभियानको सुरुवात भएको गुम्बाका प्रमुख श्याल्पा तेञ्जिन रिन्पोछेले बताए।‘लुम्बिनीलाई विश्व शान्ति अभियान केन्द्रको रुपमा विकास गर्न महासिद्ध सेन्चुरी फर वल्र्ड पिस निर्माणका लागि एक रुपैया दान गरेर अभियानको सुरुवात गरेका छौ’ उनले भने ‘धनिलाई मात्र सुख चाहिदैन गरिबलाई पनि सुख चाहिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पवित्र स्थलमा मेरो पनि सहभागिता होस भन्ने हेतुले सबैको प्रयास र अपनत्व हुने गरी अभियान सञ्चालन गरिएको हो।’

अभियानको थालनी सार्कका महासचिव विराकुनले नेपाली एक रुपैया र धर्मपत्नी म्याडम क्रिशान्तीले एक डलर दान गरेर भएको थियो। उनीहरुले समाजसेवी दानीहरु एक्लैले समेत बनाउन सक्ने हैसियत भए पनि विश्वभरिका समुदायको सहभागितामा शान्ति केन्द्र निर्माण होस भन्ने चाहाना रहेकाले अभियानमा सबै धर्म, जातजाती आमसमुदायलाई सरिक हुन आग्रह गरे।
युनिभर्सल पिस सेन्चुरी विश्वकै बौद्ध धर्मालम्वीको लागि ध्यान र तपस्या सहित खोजि केन्द्र पनि हो। यहाँ बुद्धका सयौं पुस्तकसहितको लाइव्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हल सहितको अत्याधुनिक केन्द्र बन्ने छ । विश्वका आम समुदायले हालै सार्वजनिक भएको वेभसाइट www.peacesanctuary.org एप्स, इसेवा, पेपल, पेटीम, गो फन्ड मि लगायतबाट अभियानमा सहभागिता जनाउन सक्नेछन ।
बर्षेनी लाखौं भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको भन्दै सर्वसाधरण देखि भिभिआइपी सम्मका लागी सुरक्षा सहित शान्तीको अनुभुति गराउन अहिले युनिभर्सल पीस महासिद्ध सेन्चुरीको स्थापना गर्न लागिएको हो।

मलेसिया, हङकङ चिन युरोप र नेपालका प्रविधिकहरुबाट निर्माण भइरहेको कमलको फूल स्वरुपको गुम्बामा २ हजार जना अट्ने सभाहल सहितको संरचना बन्ने छ। निर्माणको लागि स्वदेश तथा विदेशबाट लाखौं मानिसले सहभागीता जनाएका छन अझै करौडौं मानिसले साथ दिने विश्वास गरिएको छ। भवनको ग्राहो र मुख्य काम बेसमेन्ट जगको काम सम्पन्न भएर माथीको कामको सुरुवात भएको गुम्बाका प्रमुख रिन्पोछेले बताए।
महासिद्ध सेन्चुरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गरेका भगवान बुद्धको एउटा विशाल रसबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ। गुम्बा भित्र सामूहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने छ।

