बुटवल- नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको छ। विहान ९ बजेदेखी जारी मतदान साँझ ५ बजेसम्म चल्ने छ। पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन्। केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुन्।
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको लागि भरत केशी र बसन्त गिरि प्यानल सहित मैदानमा छन्। रुपन्देही जिल्ला शाखामा रामराज पोखरेल र दिनेश पाण्डेले समूह बनाएर भिडिरहेका छन्। रुपन्देहीकाे लागि व्यापार संघको प्रांगणमा अहिले मतदान भइरहेको छ। दुबै पक्षका उमेद्वार र समर्थकहरुले मतदान स्थलमा मत मागिरहेका छन्। चुनावी रौनक हेर्न विभिन्न दलका नेता तथा कार्यकर्ता, संसंस्थाका प्रतिनिधी चुनावी रौनक हेर्न विभिन्न दलका नेता तथा कार्यकर्ता, संसंस्थाका प्रतिनिधी र अन्य पेशा व्यवसायका मानिसहरु पनि पनि पुगेका छन्।