काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। उनले धरहराको २० तलामा रहेको बालकोनीबाट पुष्पवृष्टी गरि धरहराको उद्घाटन गरे।
२०७२ सालको भुकम्पबाट ९ तले धरहरा भत्केपछि त्यसको नजिकै २२ तलाको धरहरा निर्माण गरिएको हो। २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए। जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर रहेको छ । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ ।
धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणको तयारी छ ।
धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्ट बाहेक फलामको भ¥याङसमेत जडान गरिएको छ ।