बुटवल -बुटवल उपमहानगरपालिकाले निषेधाज्ञाको समयमा स्वास्थ्य, आइसोलेशन तथा क्वारेन्टिन निर्माण, सरसफाइ तथा खानेपानी वितरणसम्बन्धित सेवाप्रवाहलाई नियमितरूपमा सञ्चालन गर्ने जनाएको छ। रुपन्देहीमा विहिवार १६ गतेदेखी २९ गतेसम्म निषेधाज्ञा हुँदै छ।
निषेधाज्ञाको समयमा जनस्वास्थ्यको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै सम्बन्धित कर्मचारीलाई जुनसुकै समयमा कार्यालयमा उपस्थित हुन भनिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए।
उल्लेखित सेवाको समन्वयको लागि महाशाखाका प्रमुख एवम् अधिकृतहरुलाई विषयगत जिम्मेवारी तोकिएको र ती सबै कामको समन्वय प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले गर्ने बताइएको छ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यले महामारीको रोकथाम, नियन्त्रण र समुदायमा हौसला बढाउने काममा जनप्रतिनिधि, कर्मचारीलाई निजी क्षेत्र र नागरिक समाजको साथ लिएर थप अग्रसर बन्न दिएका छन्।