बुटवल । जिल्ला प्रशासन रुपन्देहीले आज बिहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ । बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।