बुटवल । नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले कांग्रेसलाइ जिताएर पठाउन आग्रह गरेका छन् । उनले आफुले नीजिक्षेत्रमा अर्बौँ लगानी गरेको उल्लेख गर्दै राज्यबाट सहि नीति र नियम नबन्दा समस्या भोगेको समेत स्मरण गरे ।
नेपाली कांग्रेसले रुपन्देही क्षेत्र न २ मा रहेका निजीक्षेत्रका सरोकारवालासँग गरेको आर्थिक नीति सम्वाद कार्यक्रममा बोल्दै उनले अबको संसदमा नेपाली अर्थतन्त्र, लगानी, कृषि उत्पादनको बजार, पर्यटन, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका एजेण्डालाइ सधै प्राथमिकता राख्ने बताए । पौडेलले रुपन्देही क्षेत्रको आवश्यकता, संभावना, समस्या र चुनौती राम्रोसँग बुझेकाले देखेका र भोगिरहेको समस्याबाट उद्योगी ब्यबसायीलाइ मुक्त गर्ने प्रतिबद्धता जनाए ।
उहाले घरदैलोमा जाँदा जनताले दिएको सुझाव, सल्लाह र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले कांग्रेसले रुपन्देहीमा लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोकेको स्मरण गर्दै बुटवलबाट राजधानी दाङ सार्नेलाई अब यहाँका जनताले अनुमोदन गर्न नहुने जिकिर गरे । देश र लोकतन्त्रलाई बलियो बनाइ संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई जिताउनुपर्ने नेता खाँणको भनाइ छ ।
सो अवसरमा बोल्दै राजनीतिक बिश्लेषक अरुणकुमार सुवेदीले नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा बिस २०४८ सालको बैंकिङ उदारिकरणको नीतिले देशमा आर्थिक अवस्था सुधारिएको र साना ब्यवसायीले पनि ठूलो कारोबार गरेर आर्थिक अबस्था अब्बल बनेको उल्लेख गरे । उनले २०६३ सालपछि देश कम्यूनिष्टको नेतृत्वमा जाँदा तहसनहस भएको स्मरण गरे । उनले अब कांग्रेसले यसलाइ सुधारेर जनतामा आशा जगाउनुपर्ने बताए ।
नेपाली कांग्रेसले आफूलाइ बदलेको स्मरण गर्दै उनले पूजीको सहि प्रयोग,परिचालन हुन सके देशकै आर्थिक अबस्था सुधारिने बताए । सुवेदीले नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा सामाजिक र राजनैतिक स्वतन्त्रता मात्रै प्रदान नगरि आर्थिक स्वतन्त्रता पनि उल्लेख गर्नुपर्ने सुझाव समेत दिए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य रामबहादुर कार्की, कांग्रेस रुपन्देही क्षेत्र नम्बबर २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष एवं नेपाली कांग्रेस उद्योगी ब्यवसायी परिचालन समितिका संयोजक हरि अर्याल, उद्योग बाणिज्य संघ बुटवलका महासचिव मुक्ती अधिकारी लगायतले बोलेका थिए ।