काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा ५ वर्षमा १५ लाख जनालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।
सभापति गगनकुमार थापाले यसबारे जानकारी गराउँदै भने, ‘५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्न सक्छौँ । कुन सेक्टरमा कति भन्ने हामीले योजना बनाएका छौँ ।’
उनले युवाहरूले उद्यम गर्न चाहे पनि बिउ पुँजी नपाउँदा समस्या भएकोले यसको विकल्प कांग्रेसले सोचिसकेको बताए ।
‘अहिले योजना भएको युवाले बिउ पुँजी पाएको छैन । युवाहरूले बिनाधितो ऋण पाउने व्यवस्था मिलाउनुपर्छ । परियोजनामा आधारित ऋण दिन्छौँ भनेका छौँ तर कसरी के भनेका छैनौँ,’ उनले भने ।