कपिलवस्तु-कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७७ पुगेको छ । शनिबार बिहान वाणगंगाका एक जना वडाध्यक्ष र एकजना पत्रकारसहित कपिलवस्तुका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिका ८ का वर्षका २५ का एकजना पुरुष, वडा नं ३ का १९ वर्षका एकजना पुरुष, वडा नं ११ का ४२ वर्षका पुरुष, वडा नं ५ का ४० वर्षका पुरुष, वडा नं १० का ३५ वर्षका पुरुष र वडा नं ६ की २७ वर्षकी एक जना महिलामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले ८ जना नै वाणगंगा नगरपालिकाका बताएपनि अरु २ जना भने बुद्धभूमि नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बुद्धभूमिका संक्रमित वडा नं ४ की १७ वर्षीया युवती र २२ वर्षका युवक हुन् ।
वडाध्यक्ष र पत्रकारमा समेत संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित वडाध्यक्ष क्वारेन्टाइनहरुमा जाने गरेकोले त्यहीँबाट संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
संक्रमित २७ वर्षीया पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन् । यसअघि कपिलवस्तुकै २ जना पत्रकारमा संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि सो सञ्चारमाध्यमलाई शिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ । शुक्रबार कपिलवस्तुमा कोरोना भाइरसका ९ जना संक्रमित थपिएका थिए ।