बुटवल-रुपन्देहीमा मंगलबार ५४ जना कोभिड १९ का संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा यो संख्या थपिएको हो। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ।
सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा १७ जना थपिएका छन्।
बुटवलमा १२, सिद्धार्थनगरमा ५, देवदहमा ६, सैनामैनामा ६, ओमसतियामा १०, कञ्चनमा ५, सियारीमा १ जना थपिएका छन्।
योसँगै रुपन्देहीमा अहिलेसम्मका संक्रमितको संख्या २९ हजार ३७२ पुगेको छ। मृत्यु हुनेको संख्या ५१६ छ।