बुटवल-कपिलवस्तुको वाणगंगाकी कोरोना भाइरसबाट संक्रमित ६ वर्षीया बालिका निको भएकी छिन् ।
वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरकी ६ बर्षीया बालिकाले कोरोना भाइरसलाई जितेर पूर्ण रुपमा निको भएको जानकारी आएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।
जेठ १ गते गरिएको परीक्षणमा बालिकामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी बैशाख २७ गते साँझ घाँटीको अप्रेशनका लागि काठमाडौं उपचारका लागि गएकी थिइन ।
संक्रमण पछि काठमाडौंकै अस्पतालको आइसोलेशनमा उपचाररत बालिकाको पछिल्लो दुई पटककै रिपोर्ट नेगेटिभ आएको उनले बताए । ‘ठाकुरापुरकी ६ बर्षीया बालिकाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ, स्वास्थ्य शाखा प्रमुख पौडेलले भने, ‘उनको अब नियमित अप्रेसनको काम सुचारु हुँदै छ भन्ने जानकारी आएको छ ।’