बुटवल-प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ सय ९९ पुगेको छ । प्रदेश ५ का क्वारेन्टाइनमा ४० हजार ६ सय १७ जना रहेका छन् । उनीहरु सबैजसो भारतबाट आएका हुन् ।
प्रदेश ५ मा ६ सय २२ जना संक्रमितहरु अस्पतालहरुका आइसोलेशनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश ५ का ७४ जना कोरोना भाइरस जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् ।
हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ।
पछिल्लो समयमा कोरोना भाइरस जित्नेको संख्या ४५ जना रहेको छ । देशभरका विभिन्न जिल्लाबाट २६६ जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएका छन् । जसमा २१२ पुरुष रहेका छन् भने ५४ जना महिला रहेका छन् ।
हालसम्म देशभरका क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ मानिसहरु रहेका छन् । क्वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएका रहेका छन् ।
हालसम्म देशभर एक हजार ८२५ जना कोरोना संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
७५ हजार ३४३ को पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी १ लाख १६ हजर ३४५ जनाको आरडीटी परीक्षण गरिएको छ ।