काठमाडौँ : परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप लगाउने व्यवस्था गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ। महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेका बेला सरकारले कक्षा १२ को साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा स्थगित गरेको छ।
त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु भने सन्चालन गरिरहेको छ। भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरु नरोकिने त्रिविले जनाएको छ।
प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।