काठमाडौँ : बाँसको टुँसा वा कलिलो भागलाई तामा भनिन्छ । आजभोलि तामाको सिजन पनि हो । हाम्रो भान्छामा तामाको धेरै परिकारहरु पाक्ने गर्दछ । तामालाई अचार, सुप ,सब्जी, जुन परिकारमा पनि तयार गर्न सकिन्छ ।
जसरी खाए पनि यो स्वादिष्ट हुन्छ र यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउँछ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ ।
अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं ।
तामा खानाले भिटामिन ए, बी, र ई का साथै नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेट पाइन्छ र खनिज तत्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन पनि पाइन्छ । त्यसैले तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो ।
तामाको खानुका फाइदाहरु यसप्रकार छन् :
१.प्रोटनिको मात्रा अधिक हुनेहुनाले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ,
२.सामान्य रुघाखोकी नियन्त्रण गर्दछ,
३.मुटु र फोक्सोकोे कार्यलाई थप प्रभावकारी बनाउदछ ,
४. कोलेस्ट्रोल ,मधुमेह र उच्च रक्तचाप भएकालाई यसको सब्जी उपयुक्त मानिन्छ ,
५. झाड़ा पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधीको काम गर्दछ ,
६. शरीरको तौल घटाउनको लागी फाइदा पुर्याउदछ ।