बुटवल । रुपन्देहीमा ४० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा उक्त अवधिमा एक सय १० जनामा कोरोना आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । थपिएका संक्रमितहरुमध्ये १७ जना बुटवल, २ जना देवदह, ९ जना सैनामैना, एक जना सिद्धार्थनगर नगरपालिका र ११ जना तिलोत्तमा नगरपालिकाका रहेका छन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३० हजार ५ सय ५४ जना पुगेको छ भने जिल्लामा कुल मृत्यु हुनेको संख्या ५ सय २९ जना पुगेको छ ।