लामखुट्टे वर्खायाममा रोगहरूको मुख्य कारण हो। मानिसहरू लामखुट्टे न्यूनीकरणका घरेलु उपचारहरूलाई बेवास्ता गर्छन् र नयाँ तरिकाहरू प्रयोग गर्छन् । तर, लामखुट्टेले किन मानिसलाई टोक्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । लामखुट्टेले मानिसलाई टोक्ने धेरै कारण छन् र यो खास रक्तसमूहका मानिसप्रति बढी आकर्षित हुन्छ ।
आखिर, लामखुट्टेले किन मानिसलाई टोक्छ ?
अनुसन्धान प्रतिवेदनहरूका अनुसार लामखुट्टेले विशेष रक्तसमूहका व्यक्तिलाई बढी टोक्छ । अनुसन्धानले पत्ता लागाएको छ कि, लामखुट्टे ‘ओ’ रक्तसमूहका व्यक्तिमा बढी आकर्षित हुन्छ । अनुसन्धानबाट प्राप्त नतिजाअनुसार यो विश्वास गरिन्छ कि, अधिक बियर पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ । यद्यपि, यसको पूर्ण पुष्टि भने कुनै पनि अनुसन्धानले गर्न सकेको अवस्था छैन ।
त्यस्तै, लामखुट्टेले बढी पसिना बगाउने व्यक्तिलाई बढी टोक्छ, किनभने पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड, अमोनियालगायत समावेश हुन्छन्, जसमा लामखुट्टे बढी आकर्षित हुन्छ । गर्भवती महिलाले अन्य महिलाको तुलनामा गहिरो श्वास लिन्छन् र यस समयमा उनीहरूको शरीरको तापक्रम पनि बढी हुन्छ । यसकारण लामखुट्टेले गर्भवती महिलालाई पनि बढी टोक्ने गर्छ ।