जाजरकाेट: अक्सिजन सिलिण्डर भर्नकै लागि जाजरकोटबाट नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद भएपछि अक्सिजन सिलिण्डर भर्नेको समस्या हल भएको हो ।
करिब रु ७५ लाखमा प्लान्ट खरिद गरी स्वास्थ्य सेवा कार्यालयमा जडान कार्य जारी भएसँगै अक्सिजन सिलिण्डर भर्ने समस्या हल हुने भएको हो ।
कोभिड तथा अन्य समस्यामा परेका बिरामीको उपचार गर्दा अक्सिजन नहुँदा दैनिक नेपालगञ्जबाट अक्सिजन भरेर ल्याइ काम हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए ।
अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको पहलमा सङ्घीय सरकारको बजेटबाट सो प्लान्ट खरिद गरिएको छ ।
जाजरकोटको स्वास्थ्य सेवा कार्यालय प्रदेश मताहातमा रहेको छ । स्वास्थ्य सेवा कार्यालय ५० श्ययाको रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारी छ । श्यया थपसँगै नयाँ भवन निर्माण कार्य जारी रहेको छ ।
भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जाजरकोटमा अब दुई वटा पलान्ट हुने अध्यक्ष बस्नेतले बताए । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिण्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए ।
यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने बताइएको छ । रासस