काठमाडौ-कोरोना भाइरसका १०१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१ संक्रमित थपिएका हुन्।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो। बिहीबार १६७ जनालाई कोरोना संक्रमण भएको थियो।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ।
संक्रमण हुनेमा ८७ प्रतिशत र १३ प्रतिशत रहेका छन्। ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संखुवासभा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन्। पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म देशभरबाट ११ हजार ५३४ जनाको उपचारपछि डिस्चार्ज भएका छन्।
हालसम्म देशभरबाट ६६ दशमलव १२ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ६८८ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २२ हजार ७५६ क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८७१ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । विश्वभर ५ लाख ९३ हजार ४९ जनाको निधन भएको छ।
सार्क सदस्य देशसँग नेपाललाई तुलना गर्दा प्रति १० लाखमा अफगानिस्तामा दुई हजार १२८ बंगलादेशमा ६ हजार २९ श्रीलंकामा ६ हजार ८८ पाकिस्तानमा सात हजार ५८२ भारतमा ९ ४६९ १० ५८१ भन्दा अगाडि रहेको छ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ।