उदयपुर: सगरमाथा आयुर्वेद औषधालय गाईघाटले जिल्ला कारागार उदयपुरमा रहेको कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ ।
'निरोगी नेपाल' अभियान अन्तर्गत दुई सय २८ जना कैदीबन्दी र १४ जना कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण गरेको औषधालयका प्रमुख डा. सरोजप्रसाद विशालले जनाएको छ ।
डा. विशालका अनुसार कैदीबन्दीमा मानसिक तनावका कारण शरीरको रोफक्रो मेटाबोलिजम असन्तुलन, हर्मोन तथा एनाइजममा गडबढी, नसर्ने रोगको जाेखिम देखिएकाे छ । कैदीबन्दीहरुको बडी मास इन्डेक्स, रक्तचाप, ब्लड सुगर, युरिन परीक्षणलगायत क्लिनिकल र फिजिकल परीक्षण गरिएको थियो । स्वास्थ्य जीवन अन्तर्गतको स्क्रीनिङले भविष्यमा हुने स्वास्थ्य जटिलतालाई न्यूनिकरण गर्न सकिने डा. विशालले जनाए ।
नेपाल स्टेप्स सर्भे २०१९ ले उल्लेख गरेका नसर्ने रोगका जोखिम तत्वहरू बारे समाजमा सतर्कता अपनाइ स्वस्थ्यकर जीवनसैली अवलम्बन गर्न स्वास्थ्य परीक्षण कोशेढुंगा सावित हुने डा. विशालले बताए ।
दुई दिनसम्म जारी स्वास्थ्य परीक्षणको समापनमा कारगारका जेलर कुमार खड्काले यस किसिमको कार्यक्रम सारै उपलब्लिमुलक रहेको र थप औषधालयको समन्वयमा स्वास्थ्यसम्बन्धी क्रियाकलाप सन्चालन गर्न आतुर रहेको बताए ।