काठमाडौं-नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको मन्त्रालयले जानकारी दिएको छ । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ।
२५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ। यो निकै आत्मघाती हुनसक्ने डा. जागेश्वर गौतमले जानकारी दिए।