रुपन्देही । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाल चयन हुनुभएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले खनाललाई अध्यक्षमा चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा विरोध पाण्डे, सचिवमा सुशिल ढकाल, सह सचिवमा भेषराज बन्जाडे, कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको छ । त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल, कमल लामिछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताउनुभयो ।
सम्पूर्ण निर्बाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप महासचिव कृष्ण बहादुर केसीले पद तथा गोपनियताको सपथग्रहण गराउँदै संगठनको हितमा काम गर्न अनुरोध गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यहरु काशिराम आचार्य, नारायण प्रसाद भण्डारी, नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनाल लगायतले कर्मचारीहरुको हकहितका साथै निष्पक्ष सेवा प्रवाहमा जुट्न आग्रह गर्नुभयो ।
नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्तले नेपाल निजामती कर्मचारी संगठनले लोकतन्त्र प्राप्तिको लागि गरेको योगदानका सम्बन्धमा प्रशंसा गर्दै सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सकेमा कर्मचारीप्रति समाजमा देखिएको वितृष्णा कम हुँदै जाने बताउनुभयो ।