रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता बिधेयकमा सहमति भएका बिषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताउनुभएको छ ।
उहाँले बर्षौदेखि नागकिता बिहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरु बीच सहमति गरेर बिधेयक सदनबाट पारित गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बाबु आमा नेपालमा रहेको तर छोराछोरी नागरिकता बिहीन हुदा राज्यबाट पाउनपर्ने सबै अधिकारबाट बंन्चित युवाहरुको भवना अनुसार बिधेयक पास गराएको हो ।’
गृहमन्त्री खाँणले रुपन्देही जिल्लालाई १० बर्ष उमेर माथिका कोभिड १९ बिरुद्ध पहिलो श्रृखलाको पुर्ण खोप तथा १५ महिना सम्मका बालबालीकाहरुको पुर्ण खोप दीगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रम घोषणा गर्नुहुदै सरकारले सबै दलका नेताहरु संग गहन छलफल गरेर यो बिधेयक सदनमा अधि बढाएको समेत बताउनुभयो ।
उहाँले नागरिकता बिधेयक प्रतिनिधीसभा र राष्ट्रियसभा बाट पारित भएर राष्ट्रपतिकोमा स्वीकृतका लागि पठाइएको र यो बिधेयक छिटो स्वीकृत होस भन्ने आम नेपाली जनताको चाहना रहेको बताउनुभयो ।
उहाँले नेपालका हिमाल, पहाड र तराई जुन भु भागमा बसोवास गरेको छ त्यहिकै समूदायले नै भुगोलको रक्षा गरेको बताउदै नेपाली भाषा, संस्कृती र भुगोलको रक्षा गर्ने बास्तविक नेपाली नागरिकनै राष्ट्रियताको संरक्षक भएको बताउनुभयो ।
गृहमन्त्री खाँणले सबैको सामूहिक प्रयासबाट नै कोभिड १९ जस्तो माहामारी लाई नियन्त्रण गर्न सकिएको बताउदै यसबाट जस्तोसुकै पनि बिपद लाई सामना गर्ने क्षमता नेपाली जनता र राज्यमा बढेको बताउनुभयो । उहाँले कोभिड १९ का कारण देसमा सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई परेको र यसबाट लुम्बिनी क्षेत्रकै पर्यटन पनि प्रभावित रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा न्युनतम पारिश्रमिक लिएर खटिने स्वास्थ्य स्वयम् सेवीकाहरुलाई ३ तहका सरकारले मिलेर निश्चित पारिश्रमिक तोकिदिन आग्रह समेत गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देही द्धारा आयोजना गरीएको कार्यक्रममा १२ वर्ष उमेर माथिको कोभिड १९ बिरुद्द पहिलो श्रीङखलाको पूर्ण खोप तथा १५ महिना सम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको जानकारी दिइएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले महामारी बिरुद्ध एकतावद्ध भएर काम गर्दा परास्त गर्न सकिएको बताउनुभयो । उहाँले पुर्ण खोप जिल्ला घोषणा आफैमा महत्वपुर्ण उपलब्धि भएपनि गुणस्तरिय खोपको सुनिश्चितता अर्को चुनौति रहेकाले त्यसतर्फ ध्यान दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।
प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले रुपन्देही जिल्लाले पूर्ण खोप घोषणा गरे संगै अन्य ११ वटा जिल्लालाई पूर्ण खोप गराउनुपर्ने चुनौति थपिएको बताउनुभयो ।
बिश्व स्वास्थ्य संगठनका प्रतिनिधी श्रुती नेपालले रुपन्देहीमा खोप कार्यक्रम प्रभावकारी बनाउन खोज र खोप अभियान सञ्चालन गर्दा सफलता मिलेको बताउनुभयो ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कोभिड नियन्त्रण,खोप कार्यक्रम संचालनमा प्रभावकारी भुमिका निर्वाह गरेका बिश्व स्वास्थ्य संगठन, बिभिन्न गैर सकारी संस्थाहरु, सामाजिक संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी, स्थानिय पलिकाहरुलाई सम्मान गरिएको थियो ।