रुपन्देही । प्रतिमान निमा फाउण्डेसनले रुपन्देहीको रोहिणी गाँउपालिका भित्रका स्वास्थ्यकर्मीलाई फ्रन्टलाईन कामदारका लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ ।
पहिलो चरणमा रोहिणी गाँउपालिकाका ७० जना स्वास्थ्यकर्मीलाई तालिम दिइने फाउण्डेसनका कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो । रोहिणीमा बुधबार ३७ जना र बिहिबार ३५ जना गरी ७० जनालाई तालिम दिइने छ ।
जिल्लाका पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १४०० जनालाई तालिम दिने थापाको भनाइ छ । रोहिणीपछि ओमसतिया गाउँपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने सस्थाका निर्देशक धर्मबहादुर केसीले जानकारी दिए ।
प्रोजेक्ट होप र न्युवर्क अस्पतालको सहकार्यमा तालिम सञ्चालन गरिएको निर्देशक केसीले बताउनुभयो । तालिममा यती हेल्थ साईन्स एकेडेमीका एसोसिएट प्रोफेसर एलिसा रिजालले प्रशिक्षण दिनुभएको छ । उहाँले कोभिड संक्रमणपछि मानिसमा परेको शारिरिक, मानसिक असर तथा त्यसबाट कसरी मुक्त गराउने भन्ने बिषयमा प्रशिक्षण दिने बताउनुभयो ।
प्रतिमानले यसअघि ७ वटै प्रदेशमा १० हजार बढीलाई तालिम प्रदान गरेको थियो भने ८ करोड बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।
कार्यक्रममा रोहिणी गाँउपालिकाका अध्यक्ष बिद्याप्र्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशाशकिय अधिकृत पर्शुराम पोखरेल लगायतले प्रतिमान निमाले स्वास्थ्यका क्षेत्रमा गरेका कामको प्रशंसा गर्नुभयो ।