काठमाडौं-पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।
उनका अनुसार (आज) संक्रमितको संख्या पाँच हजार ७३२ जना रहेका छन्।
जसमा प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना कोरोना संक्रिय संक्रमित उपाचारत रहेका छन्।
त्यसैगरी कोरोना संक्रमणबाट निको हुनेको संख्या १४ हजार ९६१ पुगेको उनले जानकारी दिए।