रुपन्देही । नारायण प्रसाद भण्डारीले भैरहवास्थित भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः सम्हाल्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले भण्डारीलाई हटाएर २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो । तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेपछि यथावत राख्न अदालतलेअन्तरिम आदेश दिएको थियो ।
पदभार ग्रहण गर्दै भण्डारीले अस्पतालमा विगत भन्दा धेरै सुधार भएको उल्ल्ेख गर्दै सेवाग्राहीलाई निजी अस्पताल सरहको सेवासुविधा प्रदान गर्ने गरी अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।