पाल्पा । पहाडी जिल्ला पाल्पामा डेङ्गु सङ्क्रमण बढेको छ । पछिल्लो एक सातामा २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भदौ तेस्रो सातामा मात्रै २३ जना डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
तानसेनस्थित यनाइटेड मिसन अस्पतालमा १० जना तथा लुम्बिनी मेडिकल कलेजमा १३ जना गरी २३ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । भट्टराईका अनुसार यो आवको साउनदेखि हालसम्म ४७ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।
पहाडी जिल्ला भएपनि पाल्पामा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढेपनि परीक्षणका लागि मिट अभाव भएको छ ।