काठमाडौं । जनवरीदेखि हालसम्म ८८ जिल्लाबाट एक हजार ९२ जनामा डेंगु पुष्टि हुनुका साथै एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमितमध्ये काठमाडौंमा ४६, ललितपुरमा १३ र भक्तपुरमा ३६ जनामा डेंगु पुष्टि भएको छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार गतवर्ष असारदेखि मङ्सिरसम्म ७७ वटा जिल्लामा फैलिएको थियो । गतवर्ष नेपालमा डेंगु सङ्क्रमण अहिलेसम्मकै बढी भएको थियो । इडिसिडीका अनुसार गतवर्ष ५४ हजार ७८४ जनामा डेंगुका बिरामी भेटिएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। जसमा बाग्मती प्रदेशमा ७७ र काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशतमा डेंगु पुष्टि भएको थियो ।
वि.स. २०६१ सालमा पहिलो पटक डेंगु नेपालमा पुष्टि भएयता बेलाबेलामा महामारीको रूपमा देखिने गर्छ । डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने विभिन्न अध्ययनले देखाएको छ । यो वर्ष पनि डेंगु सङ्क्रमितको सङ्ख्या पनि बिस्तारै उकालो लाग्दै गरेकोले डेंगु फैलिन नदिन सबै सचेत रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह छ ।