काठमाठौं । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष देखिएको संक्रमणबाट एकजनाको मृत्यु भएको हो।
हालसम्म दुई हजार ३६५ जनामा डेंगु संक्रमण देखिएको छ। देशभरका ७३ जिल्लामा फैलिएको संक्रमणबाट सबैभन्दा धेरै काठमाडौं उपत्यका प्रभावित भइरहेको महाशाखाले जनाएको छ।
हालसम्म काठमाडौं उपत्यकाका ३६० जनामा डेंगु संक्रमण पुष्टि देखिएको छ। काठमाडौंका २८७ जनामा, भक्तपुरका ४२ जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो। यो वर्ष डेंगु र हैजा सँगै फैलिइरहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ ।