बुटवल–प्रदेश ५ मा पछिल्लो २४ घण्टामा १ सय ४५ कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले नियमित प्रेस ब्रिफिङमा प्रदेश ५ मा बुधबार पुरुष १०३ जना र महिला ४२ जना गरी १ सय ४५ जना संक्रमित थपिएको जानकारी दिए।
बुधबार थपिएका संक्रमितहरुमध्ये बाँकेका ५२ जना, रुपन्देहीका ४१ जना, नवलपरासी पश्चिमका ३२, कपिलवस्तुका ११, बर्दियाका ६ जना र दाङमा १ जना थपिएका हुन् । यो संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ७१ पुगेको छ। प्रदेश ५ मा पछिल्लो २४ घण्टामा ८० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यो संगै कोरोना जितेर घर फर्किनेको संख्या ५ हजार ५ सय ८० पुगेको छ।
प्रदेश ५ मा बुधबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १ रहेको र ती मध्ये १ सय ३५ जनामा लक्षण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश ५ मा बुधबारसम्म ४३ जनाको मृत्यु भएको छ।