बुटवल-रुपन्देहीमा बिहीबार ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जसमध्ये २० जना पुरुष र ११ जना महिला हुन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार थपिएका संक्रमितसँगै रुपन्देहीमा संक्रमितको कूल संख्या १४२१ पुगेको छ। जसमध्ये ६६० जना सक्रिय संक्रमित हुन्।
हालसम्म ७४७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।
बिहीबार थपिएकाहरुमा सबैभन्दा बढी बुटवलका छन्। बुटवलका १६ जना, सिद्धार्थनगर भैरहवाका ८ जना, मायादेवीका ४ जना, देवदहका २ जना र तिलोत्तमाका १ जना रहेका छन्।