बुटवल-रुपन्देहीमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।
रुपन्देहीको देवदह ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
भदौ २६ ज्वरो खोकी र स्वासप्रश्वासको समस्या लिएर अस्पतालमा आएका उनको फिभर क्लिनिकको आइसोलेशनको सघन कक्षमा राखेर उपचार भैरहेको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएर बेलुका ५:३७ बजे मृत्यु भएको गौतमले बताए।