बुटवल-रुपन्देहीमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको दिउसो साढे २ बजे मृत्यु भएको हो। अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा ज्वरोले सिकिस्त थिइन्।
उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएकोमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनको रिपोर्ट पोजेटिभ आएको थियो।